Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

काठमाडौँमा पेस्तोल बोकेर हिँडिरहेका २ जना पक्राउ   

काठमाडौँमा पेस्तोल बोकेर हिँडिरहेका २ जना पक्राउ   

  • काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कबाट पेस्तोल र गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित एक खाजा घरबाट हातहतियारसहित काठमाडौँ महानगरपालिका–१७ धोविचौरका ४२ वर्षीय जोयल थापा र नवलपरासी वर्दघाट नगरपालिका–१४ का ३० वर्षीय राजु विकलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पेस्तोल र गोली बोकेर हिँडिरहेका अवस्थामा दुवैजनालाई पक्राउ गरिएको जानकारी दिए । 

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij