Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

गोदावरी नगरपालिकाद्वारा दीपक र गंगारामलाई आजीवन भत्ता दिने

गोदावरी नगरपालिकाद्वारा दीपक र गंगारामलाई आजीवन भत्ता दिने

  • ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत करातेमा स्वर्ण पदक विजेता खेलाडीलाई आजीवन मासिक पाँच हजार भत्ता प्रदान गर्ने भएको छ ।

    images
    images
    images

    ११ औँ नगरसभाको निति तथा कार्यक्रम पारित गर्दै गोदावरी नगरपालिकाले सागमा स्वर्ण पदक विजेता खेलाडीद्वय दीपक र गंगारामलाई मासिक पाँच हजार भत्ता प्रदान गर्ने निर्णय गरेको हो । नगरले अग्रज खेलाडीलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यको शुरुवात गर्न लागेको जनाएको छ ।

    दीपकले आठौँ र नवौँ संस्करणको सागमा स्वर्ण पदक जितेका थिए । यसैगरि, गंगारामले आठौँ सागमा स्वर्ण पदक जितेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij