
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । ७७ वर्षीया हजुरआमाको हत्या गरेर खाल्डोमा पुर्ने नाति प्रहरीले पक्राउ गरेको छ।
हत्याको आरोपमा उनकै नाति झापा गौरादह नगरपालिका-३ धोबिनी चोक बस्ने हरि भन्ने २९ वर्षीय निर बहादुर खड्का रहेका छन् ।
खोटाङको चिसापानीघर भई हाल सुनसरी इटहरी पमहानगरपालिका-१६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया तुलसा खड्काको हत्या भएको हो ।
अनुसन्धानको क्रममा निर बहादुरले हजुरआमालाई वैशाख २६ गते इटहरीबाट खोटाङ चिसापानीतर्फ लैजादै गर्दा बराहपोखरी गाउँपालिका-५ पानीटारस्थित दुधकोशी नदीको बगरमा हत्या गरी खाल्डोमा पुरेर फरार भएको खुल्न आएको छ ।
उनीमाथि कर्तव्य ज्यान कसूर मुद्दामा जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij