Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

सानिमा बैंकको ऋणपत्र आजदेखि बिक्री खुल्ला 

सानिमा बैंकको ऋणपत्र आजदेखि बिक्री खुल्ला 

  • काठमाडौँ । सानिमा बैंक लिमिटेडले आज शुक्रबार बाट ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको छ । 

    images
    images
    images

    बैंकले ५ वर्ष अवधिको १०.२५ प्रतिशत सानिमा डिबेञ्चर, २०८९ को नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । 

    निष्कासन गरिएको कुल ५० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि २० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गर्नेछ । 

    लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    असार १० गते, शुक्रबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा असार १४ गते र ढिलोमा असार २४ गतेसम्मसम्म आवेदन दिन सकिनेछ ।

    बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।




    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij