
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक डे (दिवस) २०२२ आज नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी ओलम्पिक दिवस मनाइँदै छ ।
कमिसनले लगनखेलस्थित नेपाली सेना खेलकुद तथा शारीरिक तालिम केन्द्रमा दिउसो विविध कार्यक्रम आयोजना गर्दैछ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक दिवसको अवसरमा एनओसी अवार्ड २०२२ कार्यक्रम गर्ने भएको छ ।
पहिलो पटक हुन लागेको यस अवार्डमा विभिन्न ९ विधामा अवार्ड प्रदान गरिनेछ । जसमा उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कृष्ट पुरुष र महिला प्रशिक्षक तथा उत्कृष्ट राष्ट्रिय खेल संघ गरेर ५ विधामा अवार्ड प्रदान गरिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij