
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । पत्रकारीबाट राजनीतिमा प्रवेश गरेका सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गरेका छन् ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गरेका हुन् । लामिछानेले आफ्नो पार्टी पुराना पार्टीभन्दf फरक रहेको दाबी गरेका छन् ।
उनले आजै निर्वाचन आयोगमा सो दल दर्ता गर्ने बताएका छन् । उनले स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गर्नेहरूलाई सो पार्टीमा समावेश हुन पनि आग्रह गरे ।
लामिछानेले राजनीतिको हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न आएको बताए । उनले भने–‘राजनीतिमा कति हिलो-मैलो छ मलाई थाहा छ । यो राजनीतिको हिलो सफा गर्न म हिलोमा डुबुल्की मार्नुपर्छ । हिलो सफा गरेर मात्र निस्कन्छु ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij