
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । प्रमुख वृत्त स्वयम्भुको प्रमुखबाट डिएसपी मिलन केसी तानिएका छन् । केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई भेटेको पाइएपछि केसीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी रवीन्द्र धानुकले केसीलाई जिम्मेवारीबाट हटाइएको बताए । जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुख तथा एसएसपी सुदीप गिरीका अनुसार तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । परिसरका एसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
#रवीन्द्र धानुक #सुदीप गिरी #मिलन केसी
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij