
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ। एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत बैंकमा उक्त बचत खाता खोलेका ३ जना ग्राहकहरुलाई कुल ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।
बैंकले घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले कुल ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो ।
बीमा लाभ प्राप्त गर्नेमा यस बैंकको इलाम शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेकी रेनु देवि चौधरी, कुलेश्वर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘केएमसी एम्बेसडर’ खालेका पुष्कर सापकोटा र सामाखुसी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डाइमण्ड’ श्रेणीको खाता खालेकी बिमला दाहाल रहेका छन् ।
निज लाभदायीहरुलाई बैंकले नेपाल इन्स्योरेन्स तथा नेको इन्स्योरेन्स सँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको जनाएको छ ।
बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १ हजार ६० जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत २ करोड १० लाख रुपैयाँ, दुर्घटना बीमा वापत ४० लाख रुपैयाँ र मेडिकल बीमा वापत २ करोड ६१ लाख रुपैयाँ गरी कुल ५ करोड ११ लाख रुपैयाँ भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका बैंकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij