
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपाल एसिसी महिला टि२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार बहराइनलाई ८ विकेटले हराउँदै एक खेल अगावै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
किनरारा एकेडेमी ओभलमा १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ३।४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । नेपालकी सीता रानामगरले ४ रन बनाइन् भने ८ रन नेपालले अतिरिक्त पाएको थियो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनाएको थियो । बहराइनको ईशारा सुहुनले सर्वाधिक ६ रन बनाइन् । नेपालकी कविता कुँवर र सबनम राईले समान २२ विकेट लिए ।
खेल निर्धारित समय अनुसार बिहान ८ः१५ मा सुरु हुनुपर्ने थियो । तर, वर्षाको कारण समयमै सुरु हुन नसक्दा खेल ७÷७ ओभरको मात्र भएको हो । नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो । नेपाल समूह बी मा ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij