Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सरकारी अड्डामा मिर्मिरेदेखि पालो कुर्दै सेवाग्राही

सरकारी अड्डामा मिर्मिरेदेखि पालो कुर्दै सेवाग्राही

  • ललितपुर । हिजोआज जिल्ला प्रशासन कार्यालय ललितपुरमा बिहानैदेखि सेवाग्राहीको भीड लाग्छ । यो भीडमा युवायुवतीहरु बिहानैदेखि राष्ट्रिय परिचयपत्र बनाउन लामबद्ध हुन्छन् । जिल्ला प्रशासन कार्यालयका कर्मचारीका अनुसार दैनिक चारपाँच सयको संख्यामा सेवाग्राहीहरुले सेवा लिइरहेका छन् ।  

    images
    images
    images

    बिहानैदेखि लाइन बस्दा निकै समस्या भएको बताउँदै बिहान ५ बजे देखि लाइनमा बसेकी श्रद्धा पोखरेलले भनिन् । कार्यालयले बिहानको सेवा थपे सबैलाई सहज हुनेछ । लाइनमा बसेर पालो कुरिरहेका जमातलाई शौचालयको समस्या उस्तै छ । कार्यालय परिसरमा बिहानै प्र्रवेश गर्न दिइदैन । कार्यालय खुलेपछि मात्रै सेवा सुचारु हुने गरेको छ । 

    यसै विषयमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसँग बुझ्दा उहाँले भन्नुभयो, 'सेवाग्राहीलाई सहजताको लागि महानगरपालिकासँग समन्वय गरेर दुई ठाउँबाट सेवा प्रवाहको तयारीमा छलफल भइरहेको छ ।' 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij