
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले भुटानलाई ९५ रनको लक्ष्य दिएको छ । मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धातिर २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायो । नेपालका लागि काजोल श्रेष्ठले सर्वाधिक २६ रनको योगदान गरिन् ।
त्यस्तै, कप्तान रुविना क्षेत्रीले २१ रन बनाउँदा इन्दु बर्माले २० रन जोडिन् । नेपालका लाग त्यस बाहेकका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका तीन जना ब्याट्र रन आउट भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij