
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौँ। लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौँबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् ।
लामिछानेले काठमाडौँको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लागिसकेको छैन । तर, उनले ३ नम्बर क्षेत्र रोज्ने सम्भावना प्रवल रहेको स्रोतले बतायो । यद्यपि, निकटस्थहरूले १ नम्बर र ५ नम्बर पनि सुझाइरहेका छन् ।
उनी आजै ग्यालेक्सी टेलिभिजनबाट बिदा भए । उनी सो टिभका संस्थापक तथा प्रस्तोता थिए । उनले आफ्नो कार्यक्रम युवराज कँडेललाई हस्तान्तरण गरेको बुझिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij