
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडाैँ । अब साँघुरा गल्लीका बस्तीमा दमकल जान नसक्दा पनि पाइपको सहयोगले सजिलै आगो निभाउन सकिने भएको छ । जुद्ध वारुण यन्त्र कार्यालयले दमकल प्रवेश नहुने साँधुरा बाटो भएको स्थानमा पनि पानी पु¥याउन सक्ने पाइपलाइन जडान गरेपछि राजधानीका साँधुरा गल्लीमा पनि आगलागी भएमा निभाउन सहज हुने भएको हाे ।
बारुण यन्त्र कार्यालय प्रमुख चन्दन श्रेष्ठले पाइपलाइन जडान निकै साँधुरो सहर रहेको इटाल, बेल्जियमलगायतका युरोपेली सहरमा भएको प्रविधि अपनाइएको बताउनुभएको छ । काठमाडौँ महानगरपलिका वडा नम्बर १७, २३, २५, २६ र २७ मा पाइपलाइन जडान गरिसकिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij