
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । जनचेतनामूलक कार्यक्रम सञ्चालनको नाममा नगरपालिकाको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले रौतहको सेफ नेपाल नामक संस्थका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
संस्थाका अध्यक्ष रामनरेश राय यादवले जनचेतनामूलक कार्यक्रम सञ्चालनको नाममा गढीमाई नगरपालिकासँग सम्झौता गरेको तर काम नगरी नक्कली बिल बनाएको आयोगले जनाएको छ ।
यादवले एक लाख ७२ हजार २४० रुपियाँ हिनामिना गरेकोले सोही अनुसार बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij