
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । कायममुकायम प्रधानन्यायाधीस दीपककुमार कार्की र न्यायाधीस कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । सर्वाेच्च प्रशासनका अनुसार मुद्दाको अर्काे पेसी असार ५ गतेका लागि तोकिएको छ । आइजीपी बढुवा विवादमा एआईजी विश्वराज पोखरेल र एआइजी बढुवामा डीआइजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले सर्वाेच्चमा रिट दायर गर्नुभएको छ । सबै रिटलाई एकैठाउँमा राखेर सर्वाेच्चले सुनुवाई सुरु गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij