Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

टिपर दुर्घटना, ४ को मृत्यु

टिपर दुर्घटना, ४ को मृत्यु

  • लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका ७ कोइलेनीस्थित मध्यपहाडी लोकमार्गमा टिपर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
    इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्सपेक्टर लक्ष्मण पचभैयाका अनुसार आइतबार अन्दाजी ३ बजेतिर बा४ख ७७८१ नम्बरको टिपर दुर्घटना भएको हो ।दुर्घटनामा परेर मृत्यु भएकाहरु सबै मध्यपहाडी लोकमार्ग निर्माणमा खटिएकाहरु रहेको उनले बताए । उनका अनुसार उद्दार कार्य जारी रहेको र मृतकको पहिचान खुलिसकेको छैन । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्पसेक्टर जगदशी रेग्मीका अनुसार टिपर मध्यपहाडी लोकमार्गको सडकबाट करिब ३० मिटर तल खेतमा खसेको थियो । उनका अनुसार मृतक ४ जनामध्ये हालसम्म चालकको मात्रै पहिचान खुलेको छ । चालक धादिङको गजुरी गाउँपालिका ६ घर भएका अन्दाजी २७ वर्षका आकाश घिमिरे रहेको उनले बताए । टिपरले च्यापिएर मृत्यु भएकाको शव निकालिएको र उनीहरुमध्ये ३ जनाको सनाखत हुन बाँकी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij