
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ – शहिद स्मारक सी डिभिजन लिगमा आइतबार २ खेल हुँदैछन् । ललितपुरको सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो खेल सुरु भएको छ ।
जुन खेलमा ओएसिस क्लब र महावीर क्लब भिड्दै छन् । ओएसिस दोस्रो जितको खोजीमा छ भने महावीर छैंटौँ जितको खोजीमा छ । ४ अंकसहित ओएसिस तालिकाको १३ औँ स्थानमा छ भने १९ अंकसहित महावीर चौथो स्थानमा छ ।
अर्को खेलमा रानीवन स्पोर्ट्स क्लब र खालीबारी युथ फुटबल क्लब दिउँसो ४ बजे आमने सामने हुनेछन् । रानीवन र खालीबारी चौथो जितको खोजीमा छन् । ११ अंकसहित रानीवन ११ औँ स्थानमा छ भने १३ अंकसहित खालीबारी आठौं स्थानमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij