Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपाल टी-२० खेल्ने ६ टिमको तय 

नेपाल टी-२० खेल्ने ६ टिमको तय 

  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गर्न लागेको नेपाल टी-२० लिगको टिमको नाम सार्वजनिक गरेको छ । क्यानको बसेको बोर्ड बैठकले प्रतियोगिता खेल्ने ६ टिमको नाम टुंगोसहित सार्वजनिक गरेको हो । 

    images
    images
    images

    प्रतियोगिता ८ असोजबाट ५ कात्तिकसम्म हुने यस अघि नै क्यानले निर्णय गरेको थियो । लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी भैरहवा र फार वेस्टर्न नाम घोषणा गरेको छ । 

    यसअघि नै क्यानका कार्यवहाक सचिव प्रशान्तविक्रम खेलाडीको अक्सन न्यूनतम ५ लाखबाट अधिकतम १५ लाखसम्म हुने बताएका छन् । 

    प्रतियोगिता आयोजनाको लागि क्यानले कमर्सियल पार्टनरमा सेभेन थ्री स्पोर्टस्सँग सम्झौता गरेको थियो । क्यानले यस प्रतियोगिता आयोजना गर्ने भएसँगै यसअघि सञ्चालनमा आएका तीन फ्रेन्चाइज प्रिमियर लिगले राष्ट्रिय मान्यता नपाउने भएका छन् । 

    नेपालमा संचालनमा आएका एभरेष्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) ले अब क्षेत्रीय लिगको संरचनामा गएमात्रै मान्यता पाउनेछन् । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij