
Apr 23 2025 | २०८२, वैशाख १० गते
संयुक्त अरब इमिरेट्स (युएई) मङ्कीपक्सको केस रेकर्ड गर्ने पहिलो खाडी मुलुक बनेको छ । स्वास्थ्य मन्त्रालयले मङ्कीपक्स भाइरसबाट जोगिन आग्रह गरेको छ ।
मध्य र पश्चिम अफ्रिकी देशबाट शुरु भएको यो रोगका कारण शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, बिमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखापर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सङ्क्रमण प्रायजसो बालबालिकाहरुमा देखापर्ने भएकोले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
अफ्रिका बाहिर १८ अन्य देशहरूमा यो भाइरस फैलिसकेको छ । स्वास्थ्य मन्त्रालयले भाइरसबाट जोगिन विदेशबाट नेपाल आउने स्वदेशी र विदेशी नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।
प्रायः मुसा प्रजातिका जनावरहरुमा यसको भाइरस रहन्छ । ती जनावरहरुको शरीरबाट निस्किएका थुकका छिटाहरु, ¥याल, तरल पदार्थ र प्रत्यक्ष सम्पर्कमा आउने जस्ता माध्यमबाट सर्ने अनुसन्धानले देखाएको छ ।
विश्व स्वास्थ्य संगठनले मंकीपक्सको विस्तार विश्वव्यापी रुपमा फैलिन सक्ने चेतावनी समेत दिएको छ । संगठनका अनुसार १२ वटा देशमा ९२ जनामा यो रोग पुष्टि भईसकेको छ ।
मङ्कीपक्सका कारण शरीरमा देखिएका लक्षण करिब तीन महिनापछि आफैँ हराएर जानसक्ने भएपनि मङ्कीपक्स भएको तीनदेखि ४ हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेको छ । मङ्कीपक्सविरुद्धको खोप उत्पादन भएर प्रयोगमा समेत आइसकेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij