
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी अभावका कारण सरेको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालाको उपस्थितिमा भएको कार्यक्रमले मिति सरेको जनाएको हो ।
नवौं खेलकुद प्रतियोगिता २२ देखि २८ जेठमा हुने पूर्व निर्धारित तालिका थियो । नंया मिति २८ असोजदेखि ३ कार्तिकका लागि तोकिएको छ । युवा तथा खेलकुद मन्त्री गहतराजले वर्षा समय र दसैं तिहार नछेकिने गरि मिति तय गरेको जनाए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij