Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

चट्याङ लागेर दुई जनाको मृत्यु, तीन जना घाइते 

चट्याङ लागेर दुई जनाको मृत्यु, तीन जना घाइते 

  • काठमाडौं । उदयपुर र बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका-११ गोठडाँडा बस्ने ४५ वर्षीया भक्त कुमारी बुढाथोकीको चट्याङले लागेर आइतबार बिहान मृत्यु भएको हो । 

    images
    images
    images

    आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते भएकी उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बागलुङको ढोटपाटन नगरपालिका-७ गाल्ढुङ बस्ने १९ वर्षीय बालचन्द्र विकको चट्याङ लागेर आइतबार दिउँसो मृत्यु भएको छ । 

    सोही ठाउँमा चट्याङ पर्दा बालचन्द्र विक लगायत ४ जना घाइते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङ लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । अन्य घाइतेलाई थप उपचारको लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij