Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

पर्वतका ६१ वडाध्यक्षमा पुरुषको अग्रता महिलाको सङ्ख्या शून्य

पर्वतका ६१ वडाध्यक्षमा पुरुषको अग्रता महिलाको सङ्ख्या शून्य

  • पर्वत । पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वटा वडाध्यक्ष पद सबैमा पुरुष नै निर्वाचित भएका छन् । विहादी गाउँपालिका-१ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी विष्णु खड्का र कुश्मा नगरपालिका-११ पकुवामा गठबन्धनबाटै माओवादी केन्द्रकी लीला दबाडी उम्मेदवार बनेका थिए । जिल्लाभर दुई जनामात्रै वडाध्यक्षको उम्मेदवार बने पनि उनीहरु पराजित भए ।

    images
    images
    images

    विहादी-१ मा खड्का नेकपा एमालेका चित्रबहादुर गुरुङसँग पराजित भइन् । कुश्मा-११ मा दवाडी पनि एमालेकै बाबुराम पौडेलसँग पराजित भइन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा कुश्मा-४ र ५ मा नेपाली कांग्रेसको तर्फबाट क्रमशः मीना कर्माचार्य र चित्रकला शर्मा भारती निर्वाचित भएका थिए ।

    images

    यस पटक भने वडाध्यक्षमा महिलाको सहभागिता शून्य रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । महिला उम्मेदवारको सङ्ख्या नै कम रहेको र महिला उठेका पनि विजयी हुन नसकेकाले ६१ वडाका अध्यक्षमा महिलाको प्रतिनिधित्व हुन नसकेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माको भनाइ छ ।

    जिल्लामा एउटा पालिकाले भने महिला नै प्रमुख पाएको छ । मोदी गाउँपालिकामा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएकी हीरादेवी शर्मा अध्यक्षमा निर्वाचित भएकी छन् । उक्त गाउँपालिकामा एमालेकै उम्मेदवार बिमल लामिछाने उपाध्यक्षमा निर्वाचित भएका छन् ।

    जलजला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष निर्वाचित भएका छन् । कांग्रेसको तर्फबाट उम्मेदवार बनेका राजु आचार्य र माओवादीबाट उपाध्यक्षको उम्मेदवार बनेका दीपक आचार्य विजयी भएपछि अध्यक्ष र उपाध्यक्ष दुबै पद महिलाविहीन भएको हो ।

    images

    जिल्लाका बाँकी पाँच स्थानीय तहमा भने उपप्रमुखरउपाध्यक्षमा महिला निर्वाचित भएक छन् । फलेवास नगरपालिकामा माओवादी केन्द्रबाट शोभा क्षेत्री, विहादीमा एमालेकी मीना तिवारी, पैँयू गाउँपालिकामा एमालेकै यामकुमारी राना र महाशिला गाउँपालिकामा पनि एमालेबाटै उम्मेदवार बनेकी धनशोभा विक निर्वाचित भएका छन् ।

    जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिकामा महिला उपप्रमुख वा उपाध्यक्ष छन् भने बाँकी दुई पालिकामा पुरुष उपाध्यक्ष छन् ।रासस

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij