
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौँ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्म ७०७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। निर्वाचन आयोगका अनुसार गाउँपालिका, नगरपालिका र महानगरपालिका गरी ७०७ को मतगणना सम्पन्न भइ परिणाम सार्वजनिक भएको छ।
मुलुकभर कूल ७५३ पालिका रहेकामा करिब ९४ प्रतिशत पालिकाको मतगणना सकिएकव छ । मतपरिणाममा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ। कांग्रेसले १२७ पालिका प्रमुख र १८६ पालिका अध्यक्ष जितेको छ। नेकपा एमालेले ३८ पालिका प्रमुख र १२१ पालिका अध्यक्षमा जित हासिल गरेको छ।
यस्तै, नेकपा माओवादी केन्द्रले २४ पालिका अध्यक्ष र ९६ पालिका अध्यक्षमा जितेको छ। काठमाडौँ, ललितपुर, भरतपुर, पोखरा, वीरगञ्ज महानगरसहित केही पालिकाको मतगणना जारी रहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij