
Apr 22 2025 | २०८२, वैशाख ९ गते
इटालियन सिरी ए फुटबलअन्तर्गत सिजनको अन्तिम खेलमा युभेन्ट्सलाई फियोरेन्टिनाले २–० ले हराएको छ । शनिबार राति भएको खेलमा फियोरेन्टिनालाई जित दिलाउन अलफ्रेड डुनकान र निकोलस गोन्जालेजले एक–एक गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा अलफ्रेडले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । निकोलसले खेलको इन्यूरी समयमा गोल गर्दै फियोरेन्टिनालाई २–० को जित दिलाए ।
जितसँगै फियोरेन्टिनाले ६२ अंक जोडेर सातौँ स्थानमा रहदै सिजनको अन्त्य गरेको छ । यता युभेन्ट्सले ७० अंक जोड्दै चौंथोँ स्थानमा रहेर सिजनको अन्त्य गर्यो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij