Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

यु–१४ लिटल स्टार लिग क्रिकेटको उपाधि बुटवल टाइगर्सलाई

यु–१४ लिटल स्टार लिग क्रिकेटको उपाधि बुटवल टाइगर्सलाई

  • भैरहवा । मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा भएको यु–१४ क्रिकेट प्रतियोगिताको उपाधि बुटवल टाईगर्सले चुमेको छ। मदन भण्डारी स्पोर्ट्स एकेडमी रुपन्देही जिल्ला कमिटीको आयोजनामा शुक्रबार भएको फाईनल खेलमा सैनामैनालाई ५५ रनले पराजित गर्दै बुटवलले उपाधि हात पारेको हो। प्रतियोगितामा म्यान अफ द सिरिज बुटवलका लक्ष्मण कुमाल, उत्कृष्ट ब्याट्सम्यान समीर अलि, उत्कृष्ट बलर युवराज खत्रीबाट पुरस्कृत भए।

    images
    images
    images

    सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोज्दै पुरै २५ ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ६५ रनको लक्ष्य तयार गरेको थियो। बुटवलका लक्ष्मण कुमालले ४०, विशेष भाटले ३७, सुभम खनालले २३ रनको योगदान दिएका थिए।

    सैनामैनाका युवराज खत्रीले ५ ओभर बलिङ गर्दै २० रन खर्चेर २ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको सैनामैना १८.५ ओभरमा सबै विकेट गुमाएर १ सय १० मा समेटियो। सैनामैनाका ब्याट्सम्यानहरु युवराज खत्रीले ३३ तथा रहित विश्वकर्माले २२ रनको योगदान दिएपनि टिमलाई जित दिलाउन सकेनन। 

    कम स्कोरमा रोक्न बुटवलका लक्ष्मण कुमालले ३.५ ओभर बलिङ गर्दै १६ रन खर्चेर ४ तथा सुभम खनालले ५ ओभर बलिङ गर्दै १५ रन खर्चेर ३ विकेट लिए। खेलमा बुटवलका लक्ष्मण कुमाल म्यान अफ दी म्याचबाट पुरस्कृत भए।

    एक समारोहबीच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार बितरण गरिएको छ। रुपन्देहीका करीब एक सय खेलाडीहरुलाई ट्यालेन्ट हन्टमार्फत छनौट गरि ६४ जना खेलाडीहरुको ४ टिम विभाजन गरि २५ ओभरको लिग प्रतियोगिता गरिएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश क्रिकेट बिभाग प्रमुख शक्ति गौचनले बताए।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij