Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

 बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन 

 बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन 

  • काठमाडौं । प्रतिनिधिसभाको बैठकले ‘ब्यूटी प्याजेन्ट’ बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रकरणको शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देश दिएका हुन् । 

    images
    images
    images

    कांग्रेस सांसद गगन थापाले उक्त घटनाबारे कुरा उठान गरेका थिए । ८ वर्ष पुरानो बलात्कार प्रकरणमा तत्काल अनुसन्धान गर्न माग गरेका थिए । थापाको ध्यानाकर्षणपछि सभामुख सापकोटाले सरकारलाई यस्तो निर्देशन दिएका हुन् ।

    ‘माननीयन्यूले राख्नुभएको यौन हिंसा सम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन गर्दछु्’, सभामुख सापकोटाले भने ।

    ‘ब्यूटी प्याजेन्ट’ मा भाग लिँदा बलात्कार परेको भन्दै युवतीले भिडियो सार्वजनिक गरेकी छिन् । भिडियो सार्वजनिक भएपछि उक्त प्रकरण सामाजिक सञ्जाल हुँदै संसदसम्म पुगेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij