
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । ४२ हजार ६०२ मतगणना गर्दा २१ हजार ९०४ मत ल्याएर महर्जनले अग्रता कायमै राखेका हुन् ।
उनलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार ५२३ र राप्रपाका अष्टबहादुर महर्जनले २ हजार १०० मत ल्याएर पछ्याइरहेका छन् ।
उपप्रमुखमा एमालेकी मन्जली शाक्यले १२ हजार ३६९ मत ल्याएर अग्रता लिइरहँदा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ८ हजार ६९७ मत ल्याएर पछ्याइरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij