
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । निर्वाचन आयोगका अनुसार हाल मतगणना गरेकोमध्य नेकपा (माओवादी केन्द्र)ले हालसम्म १११ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।
देशका सबै ७५३ वटै पालिकामा एकसाथ निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये हालसम्म ६३५ वटा पालिकामा मतगणना सम्पन्न भइसकेको छ । मतगणना सम्पन्न भएका पालिकामध्ये माओवादीले तेस्रो ठूलो संख्यामा विजय प्राप्त गरेको छ ।
मतगणना भइरहेका पालिकामध्ये १२ वटाको प्रमुख तथा अध्यक्षमा माओवादीको उम्मेदवारले अग्रता लिइरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij