Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

हैदरावादसँग मुम्बई पराजित

हैदरावादसँग मुम्बई पराजित

  • काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सनराईजर्स हैदरावादले मुम्बई इण्डियन्समाथि ३ रनको जित निकालेको छ। मंगलबार राति हैदरावादले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ७ विकेट गुमाएर १९० रनमा समेटियो।

    images
    images
    images

    मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४८ रन बनाए। यस्तै, टिम डाभिडले ४६ रन जोडे। हैदरावादका उम्रान मालिकले ३ विकेट लिए। यसअघि मुम्बईमा पहिले टस हारेर ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रनको योगफल खडा गर्‍यो।

    हैदरावादका लागि राहुल त्रिपाठीले सर्वाधिक ७६ रन बनाए । प्रियम गार्गले ४२ रन जोडे। मुम्बईका रमनदीप सिंहले ३ विकेट लिए। छैटौं जितसँगै हैदरावादले १३ खेलबाट १२ अंक जोडेर आठौं स्थानमा छ। प्रतियोगितामा दशौ हार बेहोरेको मुम्बई १३ खेलमा ६ अंक जोडेर अन्तिममा छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij