Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

२ करोड १६ लाखलाई खोप दिने सरकारको लक्ष्य, पहिलो चरणमा ९ लाखले पाउने

२ करोड १६ लाखलाई खोप दिने सरकारको लक्ष्य, पहिलो चरणमा ९ लाखले पाउने

  • काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा ९ लाख ११ हजार जनालाई उपलब्ध गराउने तयारी गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। झलक गौतमले खोप आयात गर्न ४८ अर्ब रुपैयाँ सुनिश्चित गरिएको बताए। आवश्यक रकमको व्यवस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाइसकिएको छ। खोप भण्डारणका लागि काठमाडौं उपत्यकाबाहिर ६ स्थानमा भवन बनाउन लागिएको छ। कुल जनसंख्याको ७२ प्रतिशत अर्थात् २ करोड १६ लाखलाई खोप उपलब्ध गराउने लक्ष्य राखिएको छ।

    onlinepatrika
    Arghakhachi

    अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कोरोना संक्रमण रोकथाम, उपचार तथा व्यवस्थापनमा खटिने व्यक्तिलाई पहिलो प्राथमिकतामा राखिएको छ। दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगी प्राथमिकतामा छन्। दोस्रो चरणमा ५१ लाखलाई खोप दिने योजना छ। तेस्रो चरणमा ४० देखि ५४ वर्षका २९ लाखलाई दिइनेछ। १५ देखि ३५ वर्ष उमेर समूहका ४२ प्रतिशत ९एक करोड २७ लाख०लाई खोप दिने योजना बनाइरहेको डा. गौतमले बताए। १५ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको परीक्षण खोप उपलब्ध नगराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। खोप ल्याउन विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०, युनिसेफ, गाभीसँग समन्वयात्मक रूपमा सहकार्य गरिरहेको डा. गौतमले बताए।

    AGNI GROUP

    २ देखि ८ डिग्री सेन्टिग्रेटमा भण्डारण गर्न सकिने खोप भए नेपालका लागि उपयुक्त र सहज हुने शाखाले जनाएको छ। खोप भण्डारणका लागि क्षमताकोे मूल्यांकन, आवश्यक स्थान र क्षमता, सरकारी तथा निजी क्षेत्रमा खोजी गर्ने काम भइरहेको छ। अपुग भण्डारण क्षमता विस्तारका लागि विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा भवन निर्माण गर्न प्रस्ताव तयार गरी प्रक्रिया अघि बढाइएको डा.गौतमले बताए।

    खोप छिटो ल्याउन खोप सुविधा सरकार–सरकारबीच सम्झौता, सरकार र कम्पनीबीच पनि ल्याउन सकिनेछ। त्यस्तै, निजी क्षेत्रबाट पनि तोकिएका परिधिभित्र रही खोप ल्याउन सकिने व्यवस्था गर्न लागिएको जनाइएको छ। खोप आपूर्ति व्यवस्थालाई सहजीकरण गर्न अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र मन्त्रालयका सचिवहरू सम्मिलित सहजीकरण समिति गठन भइसकेको छ। कोरोना खोपसम्बन्धी विज्ञ समूहले पनि कार्य गरिरहेको जनाइएको छ। आजको अन्नपूर्ण पोष्टमा दिनेश गौतमले समाचार लेखेका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट