Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुरमा स्थानीय निर्वाचनको कमाण्ड महिलाको काँधमा

ललितपुरमा स्थानीय निर्वाचनको कमाण्ड महिलाको काँधमा

  • ललितपुर । आसन्‍न स्थानीय तहको निर्वाचनको कमाण्ड महिलाले सम्हालेका छन् । ६ स्थानीय तह रहेको ललितपुर जिल्लामा ४ मा निर्वाचन गराउने जिम्मा महिलाले लिएका छन् । बाँकी दुई पालिकामा मात्र पुरुष मुख्य निर्वाचन अधिकृत छन् । त्यति मात्र होइन ललितपुरको जिल्ला निर्वाचन कार्यालय पनि गोमा धमलाले सम्हालेकी छन् । 

    onlinepatrika
    Arghakhachi

    महालक्ष्मी नगरपालिकामा सर्वोच्च अदालतकी एजलास अधिकृत शारदा फुयाल, गोदावरीमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयकी श्रद्धा अर्याल, कोन्ज्योसोम गाउँपालिकामा सर्वोच्च अदालतकै इजलास अधिकृत देविकुमारी चौधरी र माहांकाल गाउँपालिकामा ललितपुर सरकारी वकील कार्यालयकी उपन्यायाधिवक्ता सुशीला ज्ञवाली मुख्य निर्वाचन अधिकृत छन् । 

    AGNI GROUP

    जिल्ला न्यायाधीश किरणप्रसाद शिवाकोटीले ललितपुर महानगरमा र पाटन उच्च अदालतका उपरजिष्ट्रार नागेन्द्रकेशरी बागमती गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेका छन् ।

    निर्वाचन प्रमुख धमलाका अनुसार जिल्ला निर्वाचन कार्यालय सात जना दरबन्दीमध्ये पाँच महिला छन् । उनी भन्छिन्, 'यो निर्वाचनमा ललितपुरमा हामी बहुसंख्यक महिलाले नै मिलेर गरिरहेका छौं ।'

    कोञ्ज्योसोम गाउँपालिका जानुअघि जिल्ला निर्वाचन कार्यालयमा भेटिएकी निर्वाचन अधिकृत चौधरीले आफूले सजिलै जिम्मेवारी पूरा गर्ने विश्वास रहेको बताइन् ।

    गोदावरी नगरमा निर्वाचन गराउन खटिएकी श्रद्धा रिजाल आफूले पाएको जिम्मेवारीलाई अवसरको रुपमा लिएको बताउँछिन् । भन्छिन्, ‘चुनौती त सधैँ हुन्छ । सरकारले हामीलाई विश्वास गरेर पठाएको छ । हामी सक्षम छौं भन्ने सकारात्मक सन्देश समाजमा प्रवाह भएको छ ।’ 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट