Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

पुँजी बजारमा बाह्य क्षेत्रको प्रभाव

पुँजी बजारमा बाह्य क्षेत्रको प्रभाव

  • काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पुँजी बजार विकासका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन् । उनले अर्थतन्त्रमा बाह्य क्षेत्रको प्रभाव पुँजी बजारमा समेत परेको बताए ।

    images
    images
    images

    महासंघले शुक्रबार आयोजना गरेको परिपक्व पुँजी बजार सम्मेलनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । बजार विकासका लागि सबै पक्ष गम्भीर हुनुपर्ने भन्दै उनले पुँजी बजार क्षेत्रको विकास र विस्तारका लागि महासंघको विशेष दस्तावेज बनाउन लागेको समेत जानकारी दिए ।

    यस्तै पुँजी बजारप्रति जनचासो व्यापक बढेको बतउँदै उनले ५१ लाख ५० हजार डिम्याट खाता पुगेको बताए । 
    पुँजी बजार अर्थतन्त्रको ऐना भएको भन्दै गोल्छाले यसको विकासका लागि अनलाइन कारोबारलाई थप व्यवस्थित बनाउनुपर्ने र ब्रोकर कम्पनी थप्नुपर्ने पनि बताए । उनले सेयर बजारमा विदेशी लगानी भित्र्याउन चाँडै अध्ययन हुनुपर्ने बताए । 

    यस्तै ब्याजदर महंगो भएको कारण पनि पुँजी बजारलाई नकारात्मक असर गरेको भन्दै अहिले बजारलाई निकै ठूलो नकारात्मक असर परेको उनले बताए ।


     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij