
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । सूचना आयोगले सूचना अभियान्तालाई सम्मान गरेको छ । राष्ट्रिय सूचना आयोगको १५औँ स्थापना दिवसका अवसरमा सूचना आयोगले सूचना अभियान्तालाई सम्मान गरेको हो ।
आयोगले उमीदप्रसाद वागचन्द, दुर्गा आचार्य, कैलाश माझि, मनोज रौनियारलाई ‘विनय कसजु उत्कृष्ट अभियान्ता पुरस्कार-२०७९’ प्रदान गरेको हो ।
विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी (सूचना अधिकारी) ई.निर्मला लामा, दुर्गाप्रासद शर्मा, राजु आचार्य, सत्य नारायण हुजदार र गोकर्णराज वाग्लेलाई ‘उत्कृष्ट सूचना अधिकारी पुरस्कार-२०७९’ प्रदान गरिएको छ ।
त्यस्तै आयोगका कर्मचारी उपसचिव विश्ववन्धु पौडेल, शाखा अधिकृत डिल्लीराम भट्ट र नायवसुब्बा हेमन्त रिज्याललाई पनि आयोगले उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको छ । पुरस्कारको राशि जनही रु ३५ हजार रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij