
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । कालीकोटमा आसन्न स्थानीय तह निर्वाचनका लागि ९१ हजार मतपत्र सहित आवश्यक निर्वाचन सामग्री पुगेको छ । । जिल्ला आइपुगेका सामग्री मतदान केन्द्र तथा मतदान स्थलमा पुर्याउने काम सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश लालकाजी श्रेष्ठका अनुसार आवश्यक मतपत्र सहित अन्य सामग्री जिल्ला आइपुगेको छ ।
जिल्ला निर्वाचन अधिकृत नन्दराम चौलागाईंका अनुसार निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको उक्त जिल्लाका ९ स्थानीय तहमा पुरुष ४१ हजार ९४४ र महिला ३८ हजार ४७२ मतदाता रहेका छन् ।
यस्तै, निर्वाचन सुरक्षामा लागि चारवटै सुरक्षा निकायलाई आवश्यकता अनुसार परिचालन हुने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij