Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

एनएमबी बैंकको ३ अर्ब ५० करोडको ऊर्जा ऋणपत्र जारी

एनएमबी बैंकको ३ अर्ब ५० करोडको ऊर्जा ऋणपत्र जारी

  • काठमाडौँ । एनएमबी बैंकले बुधबारदेखि ‘एनएमबी उर्जा ऋणपत्र २०९३/९४ जारी गरेको छ । कम्पनीको ऊर्जा ऋणपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम १४ लाख इकाईसम्मका लागि माग आवेदन दिन सक्न बैंकले जनाएको छ ।

    images
    images
    images

    बैंकले १५ वर्षे अवधिका लागि बुधबारदेखि प्रतिइकाई १ हजार रुपैयाँ दरका ३५ लाख इकाई बराबर कुल ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र जारी गरेको हो ।

    कुल जारी ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् २१ लाख इकाई बैंकले आफैंले अन्य संघ–संस्थालाई बिक्री गर्नेछ भने १४ लाख इकाईमध्ये ५ प्रतिशत अर्थात् ७० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको इकाई सर्वसाधारणका लागि बिक्री हुने छ ।

    १५ वर्ष अवधिको यस ऋणपत्रमा लगानीकर्ताहरूले वार्षिक ४ प्रतिशत व्याजदर प्राप्त गर्न सक्नेछन् । इच्छुक लगानीकर्ता वा ऋणपत्र खरिदकर्ताले वैशाख २५ गतेभित्र ऋणपत्र खरिदका लागि दरखास्त दिइसक्नुपर्नेछ । यद्यपि, तोकिएको अवधिमा ऋणपत्र बिक्री नभएमा जेठ ४ गतेसम्मका लागि बिक्री खुल्ला जारी राखिने बैंकले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij