
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज बुधवार जिम्बावे 'ए' विरुद्ध प्रतिस्पर्धा गर्दैछ । टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे 'ए' बीचको खेल दिउँसो १ बजे शुरू हुनेछ । पालले तेस्रो टी-ट्वान्टी अन्तर्गत आज जिम्बावे 'ए' विरुद्ध खेल्न लागेको हो ।
नेपाल आज जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । आइतवार भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो ।
नेपाल र जिम्बावेबीचको दोस्रो टी-ट्वान्टी भने वर्षाले रद्द भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij