Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

साविक विजेता न्यु डायमन्ड पराजित

साविक विजेता न्यु डायमन्ड पराजित

  • काठमाडौं । साविक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लब एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा एभरेस्ट भलिबल क्लबसँग पराजित भएको छ । 

    images
    images
    images

    मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न महिलातर्फको पहिलो खेलमा एभरेस्टले साविक विजेता न्यु डायमन्डलाई ३-२ को सेटमा हरायो ।

    पहिलो सेट २६-२४ ले गुमाएको न्यु डायमन्डले दोस्रो र तेस्रो सेटमा १३-२५, २०-२५ को जित निकालेको थियो । तर, चौथो सेट २१-२५ ले हारेपछि खेल पाँचौ सेटमा लम्बियो ।खेलको निर्णायक सेट बनेको पाँचौँ सेट पनि एभरेस्टले १५-१३ ले आफ्नो पक्षमा पार्दै प्रतियोगितामा पहिलो जित निकाल्यो ।

    राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीसम्मिलित एभरेस्ट यसअघि त्रिभुवन आर्मीसँग २५-१९, २५-७, २५-१८ को सोझो सेटमा पराजित भएको थियो । मंगलबारै हुने महिलातर्फको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आर्मीबीच प्रतिस्पर्धा हुँदै छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij