
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । नेपाली कथानक चलचित्र ‘कबड्डी-४’ को ट्रेलर आज बुधबार दिउँसो सार्वजनिक भएको छ ।
रामबाबुु गुरुङले निर्देशन गरेको उक्त चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, मिरुना मगरलगाएत कलाकारको मुख्य भूमिका रहेको छ ।
यस्तै, कबड्डी-४ को रिलिज डेट परिवर्तन भएको छ । निर्देहक रामबाबु गुरुङका अनुसार वैशाख ३० गते स्थानिय तहको निर्वाचन हुने भएका कारण पूर्व निर्धारित मितिमा चलचित्र प्रदर्शन गर्न नसकिएको हो । अब ‘ कबड्डी४’ दर्शकले जेठ १३ गते हेर्न पाउने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij