Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

एन्फा अध्यक्षमा पेमा लामा निर्वाचित 

एन्फा अध्यक्षमा पेमा लामा निर्वाचित 

  • काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गतको महिला फुटबल संघ अध्यक्षमा  पेमा लामा विजयी  भएकी छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको निर्वाचनमा अध्यक्ष पदकी अर्की प्रत्याशी विमला पौडेललाई पराजित गर्दै लामा अध्यक्षमा चुनिएकी हुन् ।

    images
    images
    images

    एन्फाअन्तर्गत चार संघको निर्वाचन पूरा भएको छ । खेलाडी संघमा विक्रम लामा, प्रशिक्षक संघमा राजेन्द्र तामाङ र रेफ्री संघमा बुद्धि गुरुङ सर्वसम्मत अध्यक्ष चुनिए ।

    कुल ४२ भोटमध्ये लामाले ३६ तथा पौडेलले ६ भोट प्राप्त गरे । उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान र कमला हिराचन थकाली उपाध्यक्षमा निर्वाचित भएका छन् । श्रेष्ठले ३८, प्रधानले ३५ र हिराचनले ३४ भोट प्राप्त गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij