
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ६ खेलाडीलाई साढे ५ लाख सहयोग गरेको छ ।
स्वास्थ्य उपचार गराइरहेका विभिन्न ५ खेलका ६ खेलाडीलाई मंगलवार आर्थिक सहयोग ५ लाख ५६ हजार ८४३ रूपैयाँ हस्तान्तरण गरिएको हो ।
नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिएका एथलेटिक्सका जितबहादुर केसी र करातेका विष्णु नेपालीलाई समान १ लाख २५ हजार रूपैयाँ प्रदान गरियो । भलिबलकी रिया कुँवरले ६३ हजार ९२९, आईटीएफ तेक्वान्दोका दीपक गौतमले ८७ हजार ९१४, करातेकी कोपिला विष्टले ७५ हजार र ब्याडमिन्टनकी सिमा राजवंशीले ८० हजार प्राप्त गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij