
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्व तयारी एवम् विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे समुदायस्तरमै सचेतना अभिवृघि गरिनुपर्ने बताएकी छन् ।
राष्ट्रपति भण्डारीले आज सातौँ भूकम्प स्मृति दिवसका अवसरमा जारी गरेको सन्देश विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपाय समुदायस्तरमा पुर्याउन संघीय तथा प्रदेश सरकार र स्थानीय तहको अहम् भूमिका रहेको उल्लेख गरेकी छन् । साथै, उनले यस विषयमा सम्बद्ध सबैको ध्यान आकृष्ट गराएकी छन् ।
गोरखाको बारपाक केन्द्रबिन्दु भइ २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरुमा परी जीवन गुमाउनु हुने दिदीबहिनी तथा दाजुभाइप्रति उनले हार्दिक श्रद्धासुमन व्यक्त गरेकी छन् ।
बाँकी रहेका कामहरु सम्पन्न गर्ने जिम्मेवारीसमेत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्बन्धित निकायहरुलाई हस्तान्तरण भइसरकेको र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत भूकम्प पश्चातको पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यहरुमा सहयोग गर्ने मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरु र स्वयंसेवकहरु सबैलाई राष्ट्रपति भण्डारीले धन्यवाद ज्ञापन गरेकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij