
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । सत्ता गठबन्धनभित्रै चुनावी तालमेलमा भागबण्डा नमिलेपछि नेकपा माओवादी केन्द्रले एकल रुपमा रोल्पाका १० स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।
कुल १० स्थानीय तह रहेको रोल्पामा माओवादीले सोमबार मात्रै उम्मेदवारी दर्ता गर्ने जनाइएको छ ।
रोल्पा जिल्ला इन्चार्ज दीपेन्द्र पुनका अनुसार रोल्पा नगरपालिकाको मेयरमा सुरेन्द्र थापा घर्ती र उपमेयरमा गीता आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सुनिलस्मृति गाउँपालिकाको अध्यक्षमा मनिराम बुढाथोकी र उपाध्यक्षमा कुमारी थापा तथा लुङ्ग्री गाउँपालिकाको अध्यक्षमा भरत थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै लुङग्री गाउँपालिका उपाध्यक्षको भने टुंगो लागेको छैन ।
सुनछहरीको अध्यक्षमा धनबहादुर पुन र उपाध्यक्षमा नैनकला घर्ती, थबाङको अध्यक्षमा ऋषिकेशव बुढामगर र उपाध्यक्ष सर्मिला बुढा, परिवर्तनको अध्यक्षमा शुकबहादुर बुढामगर र उपाध्यक्षमा कलादेवी खत्री, माडीको अध्यक्षमा अमरसिंह घर्तीमगर र उपाध्यक्षमा जयपुरी घर्ती तथा गंगादेवको अध्यक्षमा वीरबहादुर खत्रीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
गंगादेव गाउँपालिका उपाध्यक्ष भने कसलाई बनाउने माओवादीले टुंगो लगाएको छैन । यस्तै त्रिवेणीको अध्यक्षमा रेशम पुन र उपाध्यक्षमा भागीसरा खत्री तथा रुण्टीगढीको अध्यक्षमा गोविन्द पुन र उपाध्यक्षमा कौशिला जिसीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
यसअघि माओवादीले रोल्पाका एक नगरपालिका सहित ७ स्थानीय जितेको थियो । यस्तै एमालेले दुई र काँग्रेसले एक स्थानीय तह जितेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij