
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ललितपुर । खेलाडी संघमा विक्रम लामा सर्वसम्मत चयन भएका भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत
सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य लामालाई सर्वसम्मतबाट अध्यक्ष चुनिएपछि प्रमाणपत्र हस्तान्तरण गरे ।
विकेश कुथु, सुजल श्रेष्ठ, विराज महर्जन उपाध्यक्षमा सर्वसम्मत भएका छन् । यता सदस्यमा रन्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, सरोज दहाल, रोहिच चन्द र विशाल श्रेष्ठ सर्वसम्मत चुनिए ।
११ सदस्यीय कार्यसमितिमा महिला खेलाडी पर्ने सकेन्न् । महिला खेलाडीले उम्मेदवारी दर्ता नगराएकाले मनोनीतबाट तानिने नवनिर्वाचित अध्यक्ष लामाले बताए । अध्यक्षमा सर्वसम्मत चुनिएका लामाले खेलाडीको हकहितका लागि काम गर्ने बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij