
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न केही रकम धरौटीबापत राख्नुपर्नेछ ।
स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ३६ मा उम्मेदवारले मनोनयन पत्र दर्ता गराउँदा बुझाउनुपर्ने धरौटी रकम’bout उल्लेख छ ।
निर्वाचन आयोगले उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा सो व्यवस्थाअनुसार उम्मेदवारसँग धरौटीबापतको रकम लिनेछ ।
महानगरपालिका / उपमहानगरपालिका:
नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष पदमा मनोनयन दर्ता गराउने व्यक्तिले १ हजार ५ सय रूपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ ।
यस्तै, वडाध्यक्ष पदका लागि १ हजार रूपैयाँ र वडा सदस्य पदका लागि उम्मेदवारको मनोनयन दर्ता गराउँदा ५ सय रूपैयाँ धरौटी रकम बुझाउनुपर्नेछ ।
तर, धरौटी रकममा महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न व्यक्तिले ५० प्रतिशत धरौटीबापतको रकम छुट पाउने व्यवस्था छ ।
निर्वाचनमा धरौटीबापत जम्मा भएको रकम मत परिणाम सार्वजनिक भएपछि निर्वाचन अधिकृतको कार्यालयले फिर्ता गर्नेछ ।
तर, धरौटी रकम फिर्ता लिन कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्नेछ । १० प्रतिशत मत नपाउने उम्मेदवारको भने धरौटी रकम फिर्ता हुनेछैन । त्यस्तो धरौटीबापत जम्मा भएको रकम आयोगको सञ्चित कोषमा दाखिला हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij