Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प

आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प

  • काठमाडौँ — निर्माण व्यवसायी (ठेकेदारहरू)ले आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार पत्रकार सम्मेलन गरेर आइतबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण निर्माण कार्य बन्द गरी आन्दोलन अगाडि बढाउने घोषणा गरेको हो ।

    images
    images
    images

    ठेक्का लिँदाको तुलनामा अहिले निर्माण सामग्रीको मूल्य अत्याधिक बढेकाले सो मूल्यवृद्धि समायोजन नभएसम्म आयोजनाको काम रोकिने महासंघका अध्यक्ष रवि सिंहले बताए । उनले भने ' ठेक्का लिने बेलामा भन्दा अहिले कतिपय निर्माण सामग्रीको मूल्य दोब्बरसम्म भएको छ, हामीले गोजीबाट रकम हालेर काम गर्न त सक्दैनौं, जबसम्म मूल्यवृद्धि समायोजन हुँदैन तबसम्म काम अघि बढ्दैन ।’ यद्यपि अत्यावश्यक कामले भने निरन्तरता पाउने  बताए ।

    केही दिनयता सार्वजनिक खरिद अनुगमन र बीमा समितिमा धर्ना दिँदै आएको महासंघले अब भने निर्माण कार्य नै रोक्न लागेको हो । निर्माण व्यवसायीले काम रोकेसँगै चालु रहेका ५ खर्ब बढीका ५ हजार आयोजनाको निर्माण कार्य प्रभावित हुने भएको छ । निर्माण सामग्रीमा भएको अत्यधिक मूल्य वृद्धिको समायोजन गर्नुपर्ने, खरिद नियमावली ११औं संसोधनमा भएका त्रुटिहरु सच्याउनुपर्ने, बीमा निर्देशिका २०७८ खारेज गर्नुुपर्ने लगायतका माग आफूहरुको रहेको महासंघका महासचिव रोशन दाहालले बताए ।

    उनका अनुसार पेट्रोलियम पदार्थ, बिटुमिन, फलामजन्य लगायत निर्माण सामग्रीमा अप्रत्यासित मूल्य वृद्धि भएकाले ठेक्का लिएकै रकममा निर्माणको काम अघि बढाउन सक्ने अवस्था छैन । माग पूरा नभए सशक्त आन्दोलनमा उत्रिने महासंघले चेतावनी दिएको छ । आर्थिक वर्षको अन्तिम समय भएकाले चैतदेखि असार मसान्तसम्म निर्माण कार्यले केही गति लिने गरेको छ । यहीं बेला व्यवसायीले निर्माण कार्य ठप्प पार्दा देशभर पूर्वाधारको काम नराम्रोसँग प्रभावित हुनेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij