
Apr 17 2025 | २०८२, वैशाख ४ गते
बाँके, नरैनापुर गाउँपालिका–१ मतनिया गाउँबाट गोरू काटेको अभियोगमा सोही गाउँपालिका–२ रोसनपुरुवा बस्ने ३७ वर्षीय सकिल सेक सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी सुईया र ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनीहरुलाई गोरुको मासु सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij