
Apr 22 2025 | २०८२, वैशाख ९ गते
एजेन्सी। इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई तीन विकेटले हराएको छ। महेन्द्रसिंह धोनीले अन्तिम ओभरमा १६ रन जोडेर चेन्नईलाई रोमाञ्चक जित दिलाए। धोनीले १३ बलमा २८ रन जोडे।
जारी आईपीएलमा चेन्नईको यो तेस्रो जित हो भने मुम्बईको लगातार सातौं हार हो। पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा १५५ रन बनाएको थियो। १५६ रनको विजय लक्ष्य पछ्याएको चेन्नईलाई अन्तिम एक ओभर अर्थात् ६ बलमा १७ रन चाहिएको थियो। अन्तिम ओभरको पहिलो बलमा उनदकटले प्रिटोरियसलाई आउट गरे। त्यसपछि ब्रेभो ब्याटिङमा आए र दोस्रो बलमा उनले एक रन बनाए। बाँकी चार बलमा जितका लागि अब १६ रन चाहिएको थियो। धोनीले ६, ४, २ र ४ रन बनाएर चेन्नाईलाई रोमाञ्चक जित दिलाए।
मुम्बईको शुरुवात निकै खराब थियो। पहिलो ओभरमै रोहित शर्मा र इशान किशन खाता नखोली आउट भएका थिए। चेन्नईका मुकेश चौधरीले रोहित र इशानलाई आउट गरेका थिए। मुम्बईका लागि सूर्यकुमार यादवले ३२, डुब्यू गरेका ऋतिकले २५ र कायरन पोलार्डले १४ रन बनाए।
मुमबईका लागि सबैभन्दा राम्रो खेल १९ वर्षीय तिलक बर्माले खेले। उनले शानदार अर्धशतक जोडे।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij