Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

पोलार्डले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

पोलार्डले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

  • काठमाडौं । वेष्ट इन्डिज क्रिकेट टोलीका आक्रामक ब्याटर केइरन एड्रियन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास घोषणा गरेका छन् ।

    images
    images
    images

    ‘धेरै सोचविचारपछि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेको छु,’ पोलार्डले भनेका छन् । ३४ वर्षीय पोलार्डले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मुम्बइ इन्डियन्स र चेन्नई सुपर किंग्सको खेलअघि बुधबार सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गरेका हुन् । 

    ‘१० वर्षको हुँदै नै राष्ट्रका लागि खेल्ने सपना थियो । टी-२० र एकदिवसीयमा देशको प्रतिनिधित्व गर्न पाउँदा गर्व  गर्छु,’ पोलार्डले लेखेका छन् । उनले १०१ टी-२० खेल खेल्दा ५५ विकेट लिएका छन् भने १५६९ रन बनाएका छन् । 

    पोलार्ड टेष्ट खेलविना अन्तर्राष्ट्रिय क्रिकेट खेलमा सर्वाधिक खेल्ने दोस्रा खेलाडी हुन् । अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएका पोलार्डले क्लब प्रतियोगितामा भने आफ्नो निरन्तरता दिनेछन् । 
     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij