
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौँ । आज छन्द दिवस मनाइँदैछ । साहित्य क्षेत्र खासगरी कविता विधामा प्रयोग हुने छन्दको संरक्षणका लागि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।
कविता साहित्यमा छन्दको प्रयोग घट्दै गएको बिषयमा चिन्ता जनाउँदै कवि माधव वियोगीले वि.सं. २०५३ साल बैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए ।
साहित्यमा काव्य संस्कृतिको रक्षा र छन्द शैलीको उजागर गर्न साहित्य प्रेमीहरुले दिवसलाई महत्वका साथ मनाउने गर्छन् । छन्दलाई मात्रा र वर्ण, स्वतन्त्र वा मिश्रित, यति, वैदिक र लौकिक र पिङ्गल आदिका आधारमा विभाजन गरिएको छ । छन्दको सबैभन्दा प्रचलित प्रयोग पिङ्गल हो ।
छन्द- अद्भुत साहित्य प्रयोगलाई कविताका माध्यमबाट उतार्नु भने त्यति सजिलो छैन । छन्दमुलक लेखन कठिन लेखन हो । लेख्नमात्र हैन, वाचन गर्न पनि उतिनै कठिन हुन्छ । 'इ' कार, 'ऊ' कार जस्ता साना कुरालाई पनि मिलाउनु पर्ने र अन्य नियमहरुमा बाँधिएर कृति लेख्नु निकै चुनौतिपुर्ण हुन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij