Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

म्यानचेस्टर सिटी शीर्ष स्थानमा 

म्यानचेस्टर सिटी शीर्ष स्थानमा 

  • काठमाडौं । म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति भएको खेलमा सिटीले ब्राइटनलाई हराउँदै शीर्ष स्थानमा आफूलाई स्थापित गरेको हो।

    images
    images
    images

    सिटीले ब्राइटनलाई ३–० ले पराजित गर्‍यो। सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक–एक गोल गरे। घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको सिटीले तीनै गोल दोस्रो हाफमा गरेको हो। खेलको ५३ औँ मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।

    images

    फोडेनले सिटीका लागि ६५ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे। ८२ औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३–० को जित दिलाए। जितसँगै सिटीले ३२ खेलमा ७७ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सिटी दोस्रो स्थानको लिभरपुल भन्दा १ अंकले अघि छ। पराजित ब्राइटन ४० अङ्क जोडेर दशौँ स्थानमा छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij